Home » News & Blogs » प्रेस विज्ञप्ति: आठौं राष्ट्रीय एस्ट्रोनोमी ओलम्पियाड लोगो प्रतियोगिता
Bookmark and Share
Nepal Astronomical Society (NASO)

प्रेस विज्ञप्ति: आठौं राष्ट्रीय एस्ट्रोनोमी ओलम्पियाड लोगो प्रतियोगिता

24 Jan 2021, 08:41 UTC
प्रेस विज्ञप्ति: आठौं राष्ट्रीय एस्ट्रोनोमी ओलम्पियाड लोगो प्रतियोगिता
(200 words excerpt, click title or image to see full post)

मितिः माघ ११, २०७७प्रेस विज्ञप्तिआठौं राष्ट्रीय एस्ट्रोनोमी ओलम्पियाड लोगो प्रतियोगिताआठौं राष्ट्रीय एस्ट्रोनोमी ओलम्पियाडको पुर्व तयारी स्वरुप यहि माघ १९ गतेसम्म लोगो आह्वान गर्दछौं। प्रतियोगितामा उत्कृष्ट हुने लोगोले रु. पांच हजार तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै उक्त लोगो “आठौं राष्ट्रीय एस्ट्रोनोमी ओलम्पियड २०२१“ को औपचारिक लोगो हुनेछ। राष्ट्रीय एस्ट्रोनोमी ओलम्पियाड सम्बन्धि नेपाली समाजमा जनचेतना कार्यक्रम अन्तर्गत सन् २०१३ देखि प्रत्येक वर्ष लोगो प्रतियोगिता आयोजना गरिदैं आएको हो।नेपाल एष्ट्रोनोमिकल सोसाईटीले एस्ट्रोनोमी ओलम्पियाडमा विद्यालय तहका प्रतिस्पर्धी विद्यार्थी मात्र नभई अन्य सबै तहका महानुभावहरूको सहभागिता होस् भन्ने हेतुले हरेक वर्ष ओलम्पियाडको लोगो प्रतिस्पर्धा गराउदै आएको छ। यसै अनुरुप आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको लागि आजबाट आवेदन खुला गरिएको छ। प्रतियोगितामा हालसम्म कपिल रोकाया, योन्जन जेन्सुन, सन्दिप तिवारी, सम्राट राई, सफल श्रेष्ठ, रेमन बाला तथा सुनिल खड्गीले विजेताको उपाधि हासिल गरिसकेका छन्।प्रतियोगिता सम्बन्धि नियमहरूःलोगोमा निम्न विषयवस्तुहरू झल्किनु पर्नेछः खगोल विज्ञान, शिक्षा, नेपाल र “आठौं राष्ट्रीय एस्ट्रोनोमी ओलम्पियड २०२१”आवेदन निःशुल्क छ तर एक व्यक्तिले बढीमा तीन लोगो पेश गर्न सक्नेछन्।डिजाइन आफ्नै मूल विचार र सिर्जना हुनुपर्दछ।लोगो ६००/६०० पिक्सेलको आकारमा हुनुपर्छ।डिजाइनरले आफ्नो लोगोको बढीमा ५० शब्दहरूमा वर्णन गर्नुपर्छ। बिना विवरणको डिजाइन मूल्याङ्कन गरिने छैन।ईच्छुक महानुभावहरुले www.nepalastronomicalsociety.org/olympiad मा गई आफ्नो सिर्जना आवेदन दिन सक्नेछन्। कार्यक्रम सम्बन्धि थप जानकारीको लागि हाम्रो कार्यालयमा सम्पर्क गर्नुहोला ।धन्यवाद,सुरेश भट्टराईअध्यक्ष

Latest Vodcast

Latest Podcast

Advertise PTTU

NASA Picture of the Day

Astronomy Picture of the Day

astronomy_pod