Home » News & Blogs » प्रेस विज्ञप्ति: नेपाललाई दुई अनरेवल मेन्सन
Bookmark and Share
Nepal Astronomical Society (NASO)

प्रेस विज्ञप्ति: नेपाललाई दुई अनरेवल मेन्सन

24 Oct 2020, 03:40 UTC
प्रेस विज्ञप्ति: नेपाललाई दुई अनरेवल मेन्सन
(200 words excerpt, click title or image to see full post)

मिति: कार्तिक ८, २०७७प्रेस विज्ञप्ति:नेपाललाई दुई अनरेवल मेन्सननेपालले यस वर्ष सञ्चालित ग्लोबल ई-कम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स् मा नेपालले दुईबटा अनरेबल मेन्सन अवार्ड हात पारेको छ। नेपालका लागि सेन्ट जेभियर्स कलेज, माईतिघरका श्री राहुल रञ्जन साह तथा क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर, कोटेश्वरका श्री अंशुराज सेढाईले अनरेबल मेन्सन अवार्ड प्राप्त गरेका हुन्। नेपालका तर्फबाट श्री सुरेश भट्टराईको नेतृत्वमा सम्मिलित टोलीमा नेपाल एष्ट्रोनोमिकल सोसाईटीको तर्फबाट मेन्टरका रुपमा संस्थाका परियोजना संयोजक तथा निर्देशक सुश्री मनिषा द्वा, संस्थाका असोसियट सदस्य तथा पुर्व ओलम्पियाड प्रतियोगीहरु श्री विजयचन्द्र लुईटेल तथा श्री अंकित वेन्जु श्रेष्ठ सामिल थिए। असोज ९ गते सुरु भएको अन्तर्राष्ट्रिय प्रतियोगिता कार्तिक ७ गते समापन गरिएको थियो। व्यक्तिगत तथा सामुहिक गरी दुई विधामा संचालित प्रतियोगितामा नेपालले व्यक्तितर्फ दुई अवार्ड हात पारेको हो। प्रतियोगितामा नेपाल लगायत ४० देशका व्यक्तिगत तर्फ २७९ तथा सामुहिकतर्फ १५४ बाढीले भाग लिएका थिए। नेपालबाट सातौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडबाट छनौट भएका १४ विद्यार्थी प्रतियोगितामा सहभागी गराइएको हो।कोभिड-१९ को कारण कोलोम्बियामा हुने भनिएको चौधौं इन्टरनेसनल ओलम्पियाड अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स् २०२१ का लागि सारिएसंगै यस वर्ष विद्यार्थीहरुको मनोवल उच्च राख्न तथा यो विषम परिस्थितिमा पनि अन्तर्राष्ट्रियस्थरको गतिविधि कायम गर्ने प्रयास स्वरुप ईन्टरनेसनल ओलम्पियाड अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स् को संचालक समितिले ईस्टोनियाको सरकार तथा विज्ञहरूको अनलाईन प्रतियोगिता गराइने अनुरोध पारित गरेको थियो।राष्ट्रिय ...

Latest Vodcast

Latest Podcast

Advertise PTTU

NASA Picture of the Day

Astronomy Picture of the Day

astronomy_pod