Home » News & Blogs » प्रेस विज्ञप्ति: मृघशिरा उल्कावर्षा २०२०
Bookmark and Share
Nepal Astronomical Society (NASO)

प्रेस विज्ञप्ति: मृघशिरा उल्कावर्षा २०२०

20 Oct 2020, 04:16 UTC
प्रेस विज्ञप्ति: मृघशिरा उल्कावर्षा २०२०
(200 words excerpt, click title or image to see full post)

मितिः कार्तिक ४, २०७७प्रेस विज्ञप्ति: मृघशिरा उल्कावर्षाहेलीको पुछ्रेताराका कारण हुने मृघशिरा उल्कावर्षाको गतिविधि आज राति अत्यधिक देखिने छ । यो पुछ्रेताराका कारण वर्षमा दुई उल्कावर्षा हुन्छन्। प्रत्येक वर्ष मे महिनामा एटा एक्वारीएट र अक्टोबरमा ओरियनिड उल्कावर्षाहरु हेलीको पुच्छ्रेताराले सूर्यलाई परिक्रमा गर्ने क्रममा छोडेका धुलाका कणहरुका कारण हुने गर्छ।आजको उल्का वर्षाको स्रोत ओरायन (मृघशिरा) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरियनिड मिटियर सावर वा मृघशिरा उल्कावर्षा नाम दिइएको छ । अक्टोबर २ देखी आफ्नो सक्रियता देखाउने यो उल्कावर्षा नोभेम्बर ७ सम्म सक्रिय रहनेछ। उल्का वर्षाको अत्यधिक सक्रिय गतिविधि स्थानीय समय अनुसार अक्टोबर २० राति १०ः४५ देखि नै शुरु भई अक्टोबर २१ बिहान ५ः४५ बजे सम्म देख्न सकिनेछ। उल्का वर्षा हेर्नको लागि मध्यरातपछिको समय उत्तम मानिन्छ। अत्याधिक उल्का वर्षाको बेला प्रति घण्टा १५ सम्म उल्का देखिने अनुमान छ । ती उल्का वर्षाहरुको गति प्रति सेकेण्ड ६७ कि.मि. सम्म हुने भएकोले करिब ७० कि.मि माथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिन्छ। के हो उल्का वर्षा ?पुछ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्ने गर्दछ । जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुछ्रेताराको उक्त कक्षको नजिक आइपुग्छ, तब ती धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई हामी उल्का वर्षा भन्दछौं । ...

Latest Vodcast

Latest Podcast

Advertise PTTU

NASA Picture of the Day

Astronomy Picture of the Day

astronomy_pod