Home » News & Blogs » GW190412: असमान भार भएका बाइनरी ब्ल्याक होल प्रणालीको पहिलो अबलोकन
Bookmark and Share
Nepal Astronomical Society (NASO)

GW190412: असमान भार भएका बाइनरी ब्ल्याक होल प्रणालीको पहिलो अबलोकन

4 May 2020, 14:14 UTC
GW190412: असमान भार भएका बाइनरी ब्ल्याक होल प्रणालीको पहिलो अबलोकन
(200 words excerpt, click title or image to see full post)

Nepali Translation of GW190412 LIGO Virgo Science Summary*अप्रिल १२, २०१९ मा, LIGO र Virgo डिटेक्टरहरुले दुई ब्ल्याक होलको (Black hole) इन्स्पाइरल र मर्जरले उत्पादन गरेको गुरुत्वाकर्षण तरंगहरू अवलोकन गरे । यो GW190412 नामक तरंग, त्य्सबखत संचालित तीनै डिटेक्टरहरुमा देखिएको थियो: दुइ LIGO डिटेक्टरहरु (एक ह्यान्फोर्ड, वाशिंगटन र एक लिभिंग्स्टन, लुजीयाना) र अर्को Virgo डिटेक्टर (क्यासिन, इटाली)। GW190412 Advanced LIGO र Virgo को तेस्रो अवलोकन अबधि (O3), जुन अप्रिल १, २०१९ मा शुरू भयो र मार्च २, २०२० मा सकियो, को शुरुवात नजिकै पत्ता लागेको हो। GW190412 नौलो छ किनकि यो पहिलो ब्ल्याक होल मर्जर हो जहाँ दुई ब्ल्याक होलहरूको भार निश्चित रूपमा असमान छ - यो प्रणालीमा एक ब्ल्याक होल अर्को भन्दा तीन गुणा भारी छ। यो असमानताले गुरुत्वाकर्षण-तरंगलाई यस्तो तरीकाले परिमार्जन गर्दछ कि हामीले यस्तो प्रणालीको दूरी, झुकाव, भारी ब्ल्याक होलको स्पिन, र प्रणालीको प्रिसेसन अझ राम्रोसंग मापन गर्न सक्छौ । थप रूपमा, GW190412 को असमान भारले हामीलाई अल्बर्ट आइन्स्टाइनको सामान्य सापेक्षताको पूर्वानुमान पुष्टी गर्न सहयोग गर्दछ ।हामीलाई कसरी थाहा छ की GW190412 एक वास्तविक गुरुत्वाकर्षण तरंगको संकेत हो भनेर?GW190412 तरङ्गको संकेत सबै डिटेक्टरहरूमा देखा परेको थियो । तीन डिटेक्टरहरू एक अर्कादेखि सबै हजारौं किलोमिटर टाढा भएका हुनाले सबै डिटेक्टरहरूमा यो संकेत लगभग एकैसाथ देखिनुले यसको श्रोत स्थानीय नभई ...

Latest Vodcast

Latest Podcast

Advertise PTTU

NASA Picture of the Day

Astronomy Picture of the Day

astronomy_pod