Home » News & Blogs » प्रेस विज्ञप्ति: क्षुद्रग्रह १९९८ ओ.आर.२ पृथ्वी नजिक आउने सम्बन्धमा!
Bookmark and Share
Nepal Astronomical Society (NASO)

प्रेस विज्ञप्ति: क्षुद्रग्रह १९९८ ओ.आर.२ पृथ्वी नजिक आउने सम्बन्धमा!

30 Apr 2020, 10:59 UTC
प्रेस विज्ञप्ति: क्षुद्रग्रह १९९८ ओ.आर.२ पृथ्वी नजिक आउने सम्बन्धमा!
(200 words excerpt, click title or image to see full post)

मिति: वैशाख १५, २०७७प्रेस विज्ञप्तिक्षुद्रग्रह १९९८ ओ.आर.२ पृथ्वी नजिक आउने सम्बन्धमासामाजिक संजालमा भईरहेका चर्चा, केहि राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरका अनलाइन पोर्टलमा आएका क्षुद्रग्रह १९९८ ओ.आर.२ संबन्धि समाचारहरुले नेपाली जनमानसमा पर्ने गरेको छाप प्रति हाम्रो ध्यानाकर्षण भएको जानकारी गराउन चाहन्छौं। प्राय: राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सबै स्तरका समाचारले यो क्षुद्रग्रह पृथ्वीदेखी नजिकै आउने बताइएको भए पनि कति नजिक आउने हो, यसले पृथ्वीमा खतरा छ/छैन तथा नाङ्गो आँखाले देख्न सकिने/निस्किने बारे स्पष्टरुपमा बताइएको नपाईएकाले नेपाली नागरिकको सुसुचित हुन पाउने हकको सम्मान गर्दै यो विज्ञप्ति जारी गर्दछौं। साथै यसै विज्ञप्ति मार्फत् अस्पष्ट रहेका विषय स्पष्ट पार्न चाहन्छौं। आशा छ मलाई यहाहरु सबैले शेयर गरी अनावश्यक त्रासबाट नेपाली जनतालाई मुक्त राख्ने हाम्रो प्रयासमा साथ दिनुहुनेछ। अप्रिल २९ तारिख /वैशाख १७ गते के हुँदैछ?यस दिन यो क्षुद्रग्रह पृथ्वीदेखी सबैभन्दा नजिक आउँदैछ। तर अत्यन्तै नजिक हँदा पनि यो आकाशीय पिण्ड हामीभन्दा करिब ६२, ८२,००० (बैसठ्ठी लाख बयासी हजार) किलोमिटर टाढा रहनेछ। पृथ्वी र चन्द्रमाबीचको औसत दुरी करिब ३,८४,००० (तीन लाख चौरासी हजार किलोमिटर) छ। त्यसैले यसरी नजिक आउँदा पनि यो क्षुद्रग्रह हामीबाट चन्द्रमा भन्दा करिब साढे सोह्र गुणा टाढा रहनेछ। के यो क्षुद्रग्रहबाट पृथ्वीलाई केहि खतरा छ त? यो क्षुद्रग्रह सन् १९९८ जुलाई २४ तारिखमा पहिलो पटक पत्ता लागेको थियो र त्यसैले यसको नाम अर्थात् १९९८ ...

Latest Vodcast

Latest Podcast

Advertise PTTU

NASA Picture of the Day

Astronomy Picture of the Day

astronomy_pod