Home » News & Blogs » प्रेस विज्ञप्ति: नेपाली आकाशमा चैत्र १३ राति देखिएको उल्का सम्बन्धमा!
Bookmark and Share
Nepal Astronomical Society (NASO)

प्रेस विज्ञप्ति: नेपाली आकाशमा चैत्र १३ राति देखिएको उल्का सम्बन्धमा!

30 Mar 2020, 13:07 UTC
प्रेस विज्ञप्ति: नेपाली आकाशमा चैत्र १३ राति देखिएको उल्का सम्बन्धमा!
(200 words excerpt, click title or image to see full post)

मिति: चैत्र १७, २०७६नेपाली आकाशमा यहि चैत्र १३ गते राति करिब ८:१० बजे देखिएको दृश्य तथा सुनिएको अवाज सम्बन्धमा हामीलाई प्राप्त जानकारी संगै हाम्रो टोलीले अनुसन्धान थालेको यहाँहरुलाई जानकारी नै छ। हाम्रो टोलीले प्राप्त जानकारीहरुको सुष्म अध्ययन गर्दा र यसको विज्ञानलाई बुझ्नलाई सहयोगी हुन सक्ने स्वदेशी तथा विदेशी संघसंस्थासंगको सहकार्यमा प्राप्त सूचनाका आधारमा नेपाली आकाशमा देशका विभिन्न स्थानबाट देखिएको उल्का नेपाली भूमिमा खसेको कुनै प्रमाण नभेटिएको यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौं। नेपाली आकाशमा देखिएको चम्किलो वस्तु के थियो? जुन किसिमले नेपालका धेरै भू-भागबाट देखियो र गण्डकी प्रदेशमा चर्को आवाज पनि सुनियो, त्यस हिसाबले यसलाई बोलाईड भनिन्छ। यो सामान्य उल्कावर्षाको समयमा देखिने उल्का (जुन मिलिमिटर वा त्यो भन्दा साना हुन्छन र पृथ्वीको वायुमण्डलमा घर्षण भई नस्ट हुन्छन) भन्दा निकै ठुलो (व्यास केहि सेन्टिमिटर देखि मिटरसम्म) हुन्छ। यसरी पृथ्वीतिर आउने बोलाईड पृथ्वीको सतहमा यसको वायुमण्डललाई पार गर्दै आउने हुँदा घर्षणको कारणले पैदा हुने ताप र चापको कारणले कठोर बन्ने हुँदा पृथ्वीको सतहमा आईपुग्दा फलाम भन्दा नि बलियो हुन्छ। तसर्थ, नेपालको कुनै भूभागमा यो वस्तु खसेको भए यसले एक किसिमको कम्पन पनि पैदा गर्ने थियो। तर राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रबाट प्राप्त सूचना अनुसार त्यस्तो भेटिएन। नेपालको गण्डकी प्रदेशका बासिन्दाले सुनेको चर्को आवाज के थियो? यस किसिमको बोलाईड पृथ्वीतिर तिव्रगतिमा (ध्वनिको ...

Latest Vodcast

Latest Podcast

Advertise PTTU

NASA Picture of the Day

Astronomy Picture of the Day

astronomy_pod